काठमाडौं। दीपेन्द्रसिंह ऐरी टी–२० विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन्। मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा मध्यक्रमका ऐरीले वेस्ट इन्डिजविरुद्ध अर्धशतक प्रहार गरेका हुन्। उनले ४४ बलमा ३ चौका र २ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। यसअघि सन् २०१४ को विश्वकपमा नेपाली टोलीका ओपनर सुवास खकुरेलले अफगानिस्तानविरुद्ध पहिलो अर्धशतक प्रहार गरेका थिए।