भ्रामक समाचारप्रति सालपाको गम्भीर ध्यानाकर्षण, वित्तीय अवस्था सुदृढ रहेको स्पष्टोक्ति

सालपा विकास बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्था सम्बन्धी भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरणमा खुद नोक्सानी १ करोड ४ लाख हुनुपर्नेमा १० करोड ४० लाख भनेर समाचार लेखिएकोप्रति ध्यानाकर्षण गराएको हो। बैंकले जारी गरेको सूचनामा उल्लेख भएअनुसार अनलाइन मिडियामा बैंकको खुद नोक्सानी १०.५० करोड रुपैयाँ पुगेको […]