गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले वर्तमान संविधानले सबै प्रकारका विभेदको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताका सुत्रमा आबद्ध गरेको बताउनुभएको छ । सातौँ संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानले सबै उत्पीडनको अन्त्य गरेको छ भन्नुभयो । सन्देशमा नेपालको राष्ट्रिय सार्वभौमसत्ता नेपाली जनतामा …