सामूहिक उद्देश्य प्राप्तिका लागि व्यक्ति अथवा समूहका क्रियाकलापलाई प्रभावित पार्ने कार्यलाई नेतृत्व भनिन्छ । समाजका मुद्दा र विषयहरूको उठान गर्ने व्यक्ति नेता हो । नेता व्यक्ति हो भने नेतृत्व सामूहिक विषय हो । कुनै पनि सामूहिक उद्देश्य प्राप्त गर्न असल, सक्षम र दूरदर्शी नेता हुन अत्यन्त जरुरी हुन्छ । सामूहिक उद्देश्य प्राप्त गर्न र समाजलाई सही र प्रगतिको बाटोमा डोर्याउन नेतृत्वको महत्त्वपूर्ण भूमिका रहन्छ । नेतृत्व प्रभावकारी र समग्र समाजलाई प्रगतिको पथमा डोर्याउन सक्ने व