लामो समयदेखि द्वन्द्वको चपेटामा परेको सुडानमा सरकारी पक्ष र विपक्षीले शान्ति सम्झौताको खाकामा हस्ताक्षर गरेका छन् ।
सरकार र विपक्षी दल सुडान पिपल्स लिबरेसन मुभ्मेन्ट (एसपिएलएम) दक्षिणी क्षेत्रले शुक्रबार शान्ति सम्झौताको खाकामा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर कार्यक्रम दक्षिणी सुडानको राजधानीस्थित राष्ट्रपतिको कार्यालय जुबामा भएको थियो । दुवै पक्षलाई सहमतिमा पु-याउनका लागि राष्ट्रपतिले मध्यस्तकर्ताको भूमिका खेलेको बताइएको छ ।