उपमेयर कपमा भक्तपुरको जित

एन्फाको आयोजनामा काठमाडौंमा २०७८ कार्तिक ४ गतेबाट सुरु भएको ‘उपमेयर कप महिला फुटबल प्रतियोगितामा भक्तपुर नगरपालिका टिम विजयी भएको छ। भक्तपुर नगरपालिकाबाट सहभागी टीम र पुतलीबजार नगरपालिकासँग मंगलबार बिहान भएको खेलमा १ का विरुद्ध ८ गोल गरी भक्तपुर नपाले विजय हासिल गरेको छ।