क्लोभरको कोरोना खोपको नेपालमा पनि क्लिनिकल ट्रायल हुँदै, प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्या सिंहसमेत संलग्न

कोरोना भाइरसविरुद्ध बनेको एक खोप एससीबी–२०१९ को नेपालमा गर्ने भनिएको परीक्षण प्रक्रिया अघि बढ्ने प्रक्रियामा रहेको छ। चिनियाँ कम्पनी क्लोभर बायोफार्मास्यूटीकल्सले विकास गरेको यो खोपको परीक्षणका लागि अन्य १० देश पनि सूचीकृत रहेका छन्।