भेरी अस्पतालका डाक्टरमाथि कुटपिट मुद्दाका तीनजना आरोपी धरौटीमा रिहा

६ असार, काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सक र नर्समाथि कुटपिट मुद्दाका तीनजना आरोपी धरौटीमा रिहा भएका छन् । बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले चिकित्सक र नर्समाथि कुटपिट मुद्दाका आरोपी दाङका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई आइतबार धरौटीमा छाड्न आदेश दिएको हो । उनीहरुलाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा […]