नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सङ्गठन समितिको दोस्रो बैठक सुर्खेतमा सुरु भएको छ । बैठकको पहिलो दिन आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल सम्बोधन गरे ।
अध्यक्ष दाहालले बैठकमा सहभागी प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई केन्द्रीय समितिले तोकेको जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिए।
बैठकमा कर्णाली प्रदेशका १० वटै जिल्लाका इञ्चार्जले जिल्लाको पार्टीको अवस्थाका बारेमा रिपोर्ट गरेका थिए भने पार्टीका कर्णाली प्रदेश समिति सचिव रामदीप आचार्यले केन्द्...