भन्सार राजस्व भुक्तानी अब अनलाइनबाटै, माघ महीनाभित्र सबै भन्सारमा कार्यान्वयन हुँदै

पुस २, वीरगञ्ज  । आयात निर्यातकर्ताले अब भन्सार राजस्व अनलाइनका माध्यमबाटै तिर्न सक्ने भएका छन् । भन्सार विभागले वीरगञ्जको सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई यो सेवाको परीक्षण कार्यान्वयन शुरू गरेको छ ।  भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बिहीवार एक समारोहका बीच यसको शुरुआत गरेका हुन् । माघ महीनाभित्र देशका सबै भन्सार कार्यालयमा अनलाइन माध्यमबाटै राजस्व तिर्ने प्रणाली विस्तार गरिने सापकोटाले जानकारी दिए ।  नेपाल क्लियरिङ हाउस र भन्सार विभागको आशिकुडा वल्र्डबीच सम्पर्क स्थापित गरी यो प्रणालीको शुरूआत गरिएको भन्सार विभागले बताएको छ । यो प्रणालीमार्फत प्रयोगकर्ताले नेपाल क्लियरिड हाउसको कनेक्ट आईपीएस, मोबाइल एप, कर्पोरेट पे, एनएचसीएल बैंक सेन्टर र एलएचसीएलमार्फत राजस्व भुक्तानी गर्न सक्ने सुक्खा बन्दरगाह भन्सारका प्रमुख लालबहादुर खत्रीले बताए ।  वाणिज्य बैंकहरुले प्रदान गर्ने ई - बैंकिङ सेवामार्फत पनि राजस्व तिर्न सकिने भन्सार कार्यालयले बताएको छ ।  प्रयोगकर्ताले रियल टाइम ट्रान्जेक्सनमार्फत प्रतिकारोबार २० लाख रुपैयाँसम्म र नन रियल टाइम ट्रान्जेक्सनबाट ३० करोड रुपैयाँसम्म भुक्तानी गर्न सक्ने छन् । सेवाग्राहीले भन्सारमा प्रज्ञापनपत्र स्वीकृत भएपछि त्यसका विवरणहरू प्रविष्ट गरी भुक्तानी गर्न सक्ने भन्सारले जनाएको छ ।  यो प्रणालीको प्रयोगबाट राजस्व बुझाउन भन्सार एजेन्टहरूले नगद रकम बोक्नुपर्ने, गुड फर पेमेन्ट चेक तयारीका लागि बैंकमा धाउनुपर्नेलगायतका समस्याबाट मुक्ति मिल्ने भन्सार एजेन्ट मुर्तुजा अहमदले बताए ।   बैंकहरूले यसबाट भन्सार राजस्वका लागि नगद र चेकको लगत व्यवस्थापन पनि गर्नु नपर्ने र दाखिला भएको राजस्वको तथ्यांक तत्कालै प्राप्त गर्न सकिने भन्सार विभागले जानकारी दिएको छ ।   

सम्बन्धित सामग्री

माघभित्रै सबै भन्सारमा विद्युतीय भुक्तानी लागू गर्ने तयारी, चेक वा नगद नचल्ने

भन्सार विभागले भन्सारमा विद्युतीय भुक्तानी लागू गरेको छ । भन्सारलाई आधुनिकीकरण गर्दै भन्सारमा हुने व्यापारलाई थप सहजीकरण गर्नको लागि भन्सार विभागले निकासी वा पैठारी गरेवापत बुझाउनु पर्ने राजस्व रकम आफ्नो बैंक खाताबाट राजस्व खातामा विद्युतीय प्रणालीमार्फत जम्मा गर्न सक्ने गरी विद्युतीय भुक्तानी प्रणालीको सुरुआत गरेको हो।  २०७८ पौष १ गतेदेखि सुक्खा बन्दरगाह भन्सार कार्यालय, सिर्सियामा परीक्षणको रुपमा कार्यान्वयन भएको यस प्रणालीलाई २०७८ माघ महिनाभित्र सबैजसो भन्सार कार्यालयहरुमा लागू गर्ने गरी भन्सार विभागले तयारी गरिरहेको जनाएको छ।उक्त प्रणाली सबै भन्सार कार्यालयहरुमा कार्यान्वयनमा आएपछि बैंकहरुबाट जारी गरिने कुनै पनि चेक वा नगद रकम भन्सारको राजस्व भुक्तानी गर्ने प्रयोजनका लागि स्वीकार नगरिने भएकाले सम्पूर्ण निकासीकर्ता वा पैठारीकर्ताहरुले सोही बमोजिम तयारी गर्न समेत विभागले अनुरोध गरेको छ ।नेपाल राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानी प्रणाली लागु भएका भन्सार कार्यालयमा चेक जारी गर्न नपाउने ब्यबस्था गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले पुस १६ गते यसबारे निर्देशन दिएको थियो । विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट मात्र भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरुमार्फत् हुने आयातको हकमा चेक जारी गर्न नपाइने निर्देशन राष्ट्र बैंकले दिएको थियो।

अनलाइनबाटै अब भन्सारको भुक्तानी

अबदेखि अनलाइनबाटै भन्सारको राजस्व भुक्तानी गर्न सकिने भएको छ । भन्सार विभागले बिहीबारदेखि वीरगञ्जस्थित सुक्खा बन्दरगाह हुँदै हुने आयात निर्यातबापतको भन्सार शुल्क अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था गर्न लागेको हो । नेपाल राष्ट्र बैङ्कसमेतको लगानी गरेको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)मार्फत सेवाग्राहीले भन्सार राजस्व भुक्तानी गर्न सक्ने वीरगञ्जस्थित प्रमुख...