हुन त एली गउल्डीङले भनेजस्तै विश्वविद्यालय जाने मेरो घरको म पहिलो सदस्य हुँ । मैले अध्ययनको क्रममा तीन वर्षे स्नातक, चार वर्ष स्नातकोत्तर (दुई ओटा), दुई वर्ष जति एमफिल र हाल दुई वर्षदेखि विद्यावारिधिको विद्यार्थी भएर करिब बाह्र वर्ष विश्वविद्यालयमा बिताएछु ।त्यसको अलावा चौध वर्षदेखि एक वर्षे अध्ययनसहित विश्वविद्यालय तहको अध्यापनमा रमिरहेको छु । तर पनि नढाँटी भन्ने हो भने विश्वविद्यालयको व्याख्या गर्न सङ्कोच लाग्छ । ज्ञानको अभाव हो वा विषयवस्तुमा गम्भीर नभएर हो, थाहा छैन । सङ्कोचको बाबजुद आज यही