आम्दा अस्पताललाई कलेज बनाइँदै

बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई मेडिकल कलेज बनाउने तयारी भएको छ । बुधबार बुटवलमा बसेको एक बैठकले आम्दा इन्टरनेसनल मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । आम्दा अस्पताल स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सिगेरु सुगानामी सहभागी बैठकले यस्तो निर्णय गरेको हो । २३ राष्ट्रमा सञ्जाल रहेको आम्दा इन्टरनेसनलको सभाले अनुमोदन गरेपछि आम्दा इन्टरनेसनल मेडिकल कलेज बन्ने प्रक्रिया सुरु हुने छ । यसका लागि स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ । अस्पतालको स्तरोन्नति, जनशक्ति उत्पादन गर्न मेडिकल कलेजका रूपमा