कामु प्रधानन्यायाधीश कार्कीले बाेलाए सर्वोच्चकाे फुलकोर्ट बैठक

काठमाडौं : न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको अनौपचारिक फुलकोर्ट बैठक बाेलाएका छन्। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने कामु प्रधानन्यायाधीशले फुलकोर्ट  बैठक नभई अनौपचारिक बैठक आह्वान गरेका हुन्।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतः निलम्बनमा परेपछि कायममुकायमको जिम्मेवारी पाएका कार्कीले सो बैठक बोलाएका हुन्।