अर्घाखाँचीमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको छत्रदेव गाउँपालिका–६ की ४८ बर्षीया कमला रानाको करेन्ट लागेर मृत्यु भएको हो ।घरको कुटानी पिसानी मिलमा मकै पिस्ने क्रममा चिसो हातले मिलको फलाममा छुँदा करेन्ट लागेर गम्भीर घाइते उनको अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो ।उनको शव पोष्टमार्टम गरि परिवारजनलाई बुझाइएको अर्घाखाँचीका प्रहरी प्रमुख अमर थापा क्षेत्रीले जानकारी दिए ।