ट्युनिसियामा कोरोनाले मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च

ट्युनिसियामा विगत २४ घण्टामा कोरोनाले मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । यहाँ, २४ पछिल्लो २४ घण्टाभित्र २ सय ५ जनाको मृत्यु भयो भने ६ हजार ७ सय ८७ जनामा संक्रमण देखियो ।  देशमा डेल्टा भेरियन्ट तिव्र रुपमा फैलिरहेको छ, तर खोपको उपलब्धता निकै कम छ । आइसियु बेडहरु बिरामीले भरिएका छन् र अक्सिजन आपूर्तिका लागि अस्पतालहरुले संघर्ष गरिरहनुपरेको छ । अस्पतालमा ठूलो संख्यामा बिरामीहरु आएपछि स्थास्थ मन्त्रालयले गत साता चेतावनी जारी गर्दै ‘स्वास्थ प्रणाली कोल्याप्स’ भएको जनाए