सामाजिक न्यायसहितको समुन्नत नेपाल निर्माण गर्ने दायित्व छ : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देशलाई सामाजिक न्यायसहित समानता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व राज्यको नेतृत्वमाथि आएको बताएका छन् ।संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले सोमबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले समावेशी समानुपातिक प्रणालीसहितको तीन तहको सरकार निर्माण गर्न पाउने अधिकारसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र विश्वका कुनै पनि देशमा पाउन नसकिने उल्लेख गरे ।नेपालको आफ्नै  मौलिकतामा आधारित समाजवाद उन्मुख संवैधानिक व्यवस्थ

सम्बन्धित सामग्री

सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा: प्रदेश प्रमुख शेरचन

लुम्बिनी, १० माघ: लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना सङ्क्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिएका छन् । उनले कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि प्रदेश सरकार र सरकारी निकायले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिएका हुन् । उनले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरेको छलफलमा मुख्यमन्त्री कुलप्रसाद […]

मानव अधिकार उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याऔँ : प्रदेश प्रमुख शेरचन

रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानव अधिकार उल्लङ्घन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । त्रिहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरका राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशलगायतका सङ्घ संस्थाले आज बुटवलमा निकालेको -यालीपश्चात् आयोजित सभामा उहाँले मानवअधिकार रक्षा गर्नु सबैको दायित्व भएको बताउनुभयो । समाजमा महिलामाथि हुने हिंसा बढ्दै गएकाले यसको नियन्त्रणका लागि […]

मानवअधिकार उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याऔँ : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले मानव अधिकार उल्लङ्घन गर्ने जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । त्रिहत्तरौं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरका राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशलगायतका सङ्घ संस्थाले आज बुटवलमा निकालेको र्यालीपश्चात् आयोजित सभामा उनले मानवअधिकार रक्षा गर्नु सबैको दायित्व भएको बताए ।समाजमा महिलामाथि हुने हिंसा बढ्दै गएकाले यसको नियन्त्रणका लागि सबैले आफ्नो ठाउँबाट आवाज उठाउन आवश्यक रहेकोमा उनले जोड दिए । “महिलाकै गर्भबाट जन्मिएर म