काठमाडौं : उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको छ। यसअघि छुटेका ५० वर्ष वा त्यसभन्दा माथि सबै उमेर समूहका नागरिकले खोप लगाउन पाउनेछन्। काठमाडौं महानगरका ३२ वटै वडामा भने आजैदेखि खोप लगाउन सुरु भइसकेको छ।खोप अभियान साउन १८ गतेसम्म जारी रहने बताइएको छ। स्वास्थ्य सेवा विभागका अनुसार यसपटक वडास्तरमै खोप केन्द्रको व्यवस्था गरिएको छ। यसअघि सीमित खोप केन्द्रको व्यवस्था गरिँदा मानिसहरुको भिडभाड भएर झन् कोरोना फैलने जोखिम बढेपछि वडास्तरमै खोप केन्द्रको