बडादसैँ शक्ति उपासनाको पर्व हो । प्रकृति उपासनाको पर्व हो । विविध भाषा र संस्कृति भएको हाम्रो कृषिप्रधान देशमा यसको महत्त्व विशेष छ । भौगोलिक रूपमा हिमाली क्षेत्रमा जमरा राखिँदैन, टीका लगाइँदैन । उनीहरूले दसैँ नमनाए पनि शक्तिमा विश्वास गर्छन्, उपासना गर्छन् । पहाडमा दुर्गाको उपासना भए जसरी हिमाली क्षेत्रमा बौद्धमार्गीहरुले ‘पल्देन ल्हामो’ अर्थात् चामुण्डाको उपासना गर्छन् । उनीहरूले पनि लामा बोलाउने, रक्सी खाने, झ्याली बजाउने आदि कर्महरू गर्छन् । धार्मिक रूपमा इसाई र मुस्लिमहरूल