काठमाडौं: सत्तारूढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार ओनसरी घर्तीले आफूले अब निर्वाचन क्षेत्र परिवर्तन नगर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।काठमाडौं क्षेत्र नम्बर २ का जनताले आफूले सो निर्वाचन क्षेत्र छाड्ने हो कि भनेर आशंका गरिरहेको उल्लेख गर्दै उनले अब सोही क्षेत्रको जनताको सेवामा निरन्तर लागिरहने बताएकी हुन्।आफूले निर्वाचन क्षेत्र परिवर्तन नगर्ने कुरा पार्टी भित्र र गठबन्धनमा पनि धेरै पटक छलफल भएको जिकिर गर्दै उनले यो सन्देश स्थानीय जनतामा पुर्याउन गठबन्धनका