कञ्चनपुर : बेलौरी नगरपालिका–५ बन्तरियाका १४ वर्षीय बालक निरज चौधरीको दोदा नदीमा डुवेर बुधवार मृत्य भएको छ।इलाका प्रहरी कार्यालय बेलौरीका वरिष्ठ प्रहरी नायव निरीक्षक रमेश बुढाथोकीका अनुसार साथीहरूसँग नदीको डिलमा खेल्दै गरेका वेला चौधरी चिप्लिएर नदीमा खसेर डुवेका हुन्। नदीमा डुबेर मृत्यु भएका चौधरीको शव परीक्षणका लागि श्रीपुर प्राथमिक स्वास्थ्य चौकीमा राखिएको छ।