आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने

काठमाडौं : आजदेखि काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको छ। फागुन १ गतेदेखि उठ्न नसकेको फोहोर बिहीबारदेखि उठाउन थालिने काठमाडौं महानगरको वातावरण विभागकी प्रशासनिक प्रमुख सरिता राईले जानकारी दिइन्। उनका अनुसार बुधबार आन्दोलनरत पक्षका माग सम्बोधन गर्न सहमति भएको हो। हाल फोहोर बिसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहोर फागुन १ गतेदेखि उठ्न सकेको थिएन। बुधबार बाटो निर्माणको क