चोट पनि कति अनौठा अनौठाका हुँदारेछन्।
केही देखिएर त कति लुकेर दुख्ने रहेछन्।।
पराइलाई पीडा, आफन्त मुस्कुराउने रहेछन्।
विचित्रको संसार लुकेरै वार गर्ने रहेछन्।।
कतिले त राम्रो बाटोमा हिँडेको भन्दै डाहा गरे।
आफ्नैले बाटो छेकेरै सांघातिक हमला गरे।
अविचलित यात्रा जीवनको मुस्कुराउँदै हिँड्यो।
न कतै डाहा गर्यो, न कसैको खुट्टा तान्दै हिँड्यो।
बरु मृत्युलाई पनि सधैँ चुनौति नै दिउँ भन्छ।
आफ्नै पिडा लुकाएर अरुको लागि जीउँ भन्छ।।
तर काम नभएकाहरु खुट्टा तानिरहन्छन्।
आफ्नो सबै शक्ति व्यर्थ अनर्थ खर्चीरहन्छन्।
तिखो नोकले घोचेको शरीर झनझन् प्रबल।
गुमचोट त कति छन् कति, जीवन छ सबल।।
क्रान्ति र परिवर्तनका लागि समर्पण छ घाउ।
चोट दिनभन्दा आउ सँगै हातेमालो गरौँ आउ।।
भुलिन्छ पुराना घाउ वाचा गरौँ सँगै अघि बढौँ।
संस्कार बदलौँ, आफू आफैँलाई परिवर्तन गरौँ।।
क्रान्तिकारिता देखाइ लठ्ठ भाषण मात्र नगरौँ।
व्यवहारिकताको सरल र राम्रो बाटोमा हिँडौ।।
(खिमराज चालिसे, चंडिगढ)