भारतको दिल्ली राज्यका विद्यालय अनिश्चितकालका लागि बन्द

काठमाण्डाै – वायु प्रदूषण बढेपछि भारतको दिल्ली राज्यका विद्यालय अनिश्चित समयसम्मका लागि बन्द भएका छन् । दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको बताउनुभयो । भारतको सर्वोच्च अदालत (सुप्रिम काेर्ट) ले पनि आज बिहीवार आदेश जारी गर्दै आपत्कालीन अवस्थामा असाधारण कदम चाल्न दिल्ली सरकारलाई आदेश दिएको छ । दिल्ली सरकारले प्रदूषण धेरै भएका ठाउँहरूमा यस अगाडिदेखि नै विद्यालय बन्द गरेको थियो । तर अझै कैयौँ बालबालिका विद्यालय गइरहेको देखिए...