राजनीतिप्रति मेरो रुचि पहिलेदेखिकै हो । अहिले फेरि उम्मेदवार बन्ने घोषणा गरेको छु । मेरो घोषणापछि कतिपयले एकाएक राजनीतिमा किन भनी सोध्न थालेका छन् । जबकि म एकाएक राजनीतिमा आएको होइन । २०७० मा तत्कालीन राप्रपा नेपालबाट संसदीय निर्वाचनको उम्मेदवार बनेको थिएँ, त्यो समय पराजित भएँ । अहिले पनि म उम्मेदवार बन्नुपर्ने नै भयो । अन्य भन्दा अगाडिदेखि तयारी गरौँ भनेर घोषणा पहिल्यै गरेको हो ।उम्मेदवारी घोषणापछि सबैबाट सकारात्मक प्रतिक्रिया र साथ मिलिरहेको छ । पहिले र अहिलेमा समय धेरै बदलिएको छ । पहिले म प्र