पूर्वाञ्चल विश्वविद्यालयमा फेरि बाहिरियो प्रश्नपत्र

एउटा विषयको प्रश्नपत्र परीक्षा हुनुअघि नै बाहिरिएको अनुसन्धान टुंगो नलाग्दै पूर्वाञ्चल विश्वविद्यालयमा अर्को विषयको प्रश्नपत्र परीक्षाअघि सार्वजनिक भएको छ ।

सम्बन्धित सामग्री

इन्जिनियरिङ संकायको परीक्षा पूर्व नै प्रश्नपत्र बाहिरियो

मोरङ। पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ मोरङमा हुन लागेको इन्जिनियरिङ संकायतर्फको बिई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा पूर्व नै बाहिरिएको छ। परीक्षा पूर्व प्रश्नपत्र बाहिर ल्याएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कोमलप्रसाद गौतम, गोपाल कार्की, विजय पोखरेल, मिनप्रसाद भट्ट, भरत पन्त, विकास खड्का, निर्मल खड्का, नानिपथ मण्डल, जीवनकुमार यादव र महेश यादव रहेका छन्।