सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीतिक दलहरुले मानसिकता बदल्न जरुरी भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार नव निर्वाचित नगर प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘जनताले खासखास ठाउँहरुमा प्रमुख दलहरूलाई चुनौति दिएका छन् । यो राम्रो पनि हो । अब पनि दलहरुले मानसिकता परिवर्तन नगर्ने हो भने भविष्य छैन । हामी अब सुध्रिन जरुरी छ । हाम्रा व्यवहारहरु सुध्रिनु जरुरी छ,’ मन्त्री चौधरीले भने