काठमाण्डौ - चीनले वसन्त ऋतुमा हुने सगरमाथा आरोहण पूर्ण रुपमा रद्द गरेको छ । नेपालतर्फको आधार शिविरमा कोरोना सङ्क्रमण फैलिएको खबरपछि सङ्क्रमण फैलनबाट रोक्न भन्दै शिखिरमा रेखा कोर्न टोली पठाएको चीनले सबै आरोहण रद्द गर्दै आरोहीहरुलाई फिर्ता बोलाएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
आरोहण रद्द गरेसँगै चीनले सगरमाथाको शिखरमा सीमारेखा कोर्ने काम पनि रोकेको छ । केही मानिस उभिन मात्रै मिल्ने सगरमाथाको शिखरमा चीनले रेखा कोर्ने विषयलाई चासोका साथ हेरिएको थियो । मानिस लामो समय बस्न नसक्ने, घेराबार लगायतको भौतिक संर...