राष्ट्रपति आउने भएपछि खलंगामा टालटुल

कर्णालीकै पहिलो विद्यालय चन्ददनाथ माध्यमिक विद्यालयको विज्ञान ल्याब उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधवार) आउने भएपछि कर्णालीको सदरमुकाम जुम्ला खलंगाका सडक टाल्ने कामले तीव्रता पाएको छ । विकासका लागि आएको वजेट सदुपयोग नहुँदा सदरमुकामको सडकमा खाल्डैखाल्डा परेका थिए । सवारी आवागमनमा समस्या हुँदै आएकोमा राष्ट्रपति आउने भनेपछि यहाँका सरोकारवाला निकाय सडकका खाल्डाखुल्डी र फोहोर लुकाउनमा व्यस्त छन् ।

सम्बन्धित सामग्री

युक्रेनी राष्ट्रपति जेलेन्स्की भारत भ्रमणमा आउने

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारत भ्रमणमा आउने इच्छा देखाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार,  यसै वर्षको अन्त्यसम्म भ्रमण गर्ने गरी उनले भारतीय पक्षसँग रुची देखाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार दोलखा आउने

दोलखा : राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार दोलखा आउने भएकी छन्।हुने टुकी प्रदर्शनीको उदघाटनका लागि राष्ट्रपति भण्डारी बिहीबार बिहान ९ः३० बजे  दोलखा आउने छिन्। ग्रामीण विकास टुकी संघ दोलखाले आयोजना गर्ने टुकी प्रदर्शनी कार्यक्रममा सहभागी भएर टुकी सदस्यहरूसँग साक्षात्कार गर्न उनी दोलखा आउन लागेको संस्थाका कार्यकारी निर्देशक पुर्षाथ श्रेष्ठले जानकारी दिए।प्रदर्शनीमा संस्थाले उत्पादन गरेका टुकी सदस्यका सफलताका कथालाई भिडियो, फोटो, फ्लेक्सलगायत माध्यमबाट सार्वजनि

विराट एक्स्पोमा राष्ट्रपति भण्डारी भोलि विराटनगर आउने

विराटनगर : राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आँउदैछिन्।विराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ उदघाटन गर्न भोलि (बिहीबार) राष्ट्रपति भण्डारी आउने भएकी हुन्।एक साता सञ्चालन हुने कृषि तथा औद्योगिक अन्तरराष्ट्रिय प्रदर्शनीको पहिलो दिन अर्थात उदघाटनका दिन राष्ट्रपति आउने भएकाले सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।उनका अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर

राष्ट्रपति भण्डारी शुक्रबार मुस्ताङ आउने

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा आउने भएकी छिन् । राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ आइपुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । “मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै फर्कनुहुन्छ”, उनले भने, “राष्ट्रपतिको भ्रमणलाई सुव्यस्थित बनाउने

राष्ट्रपति भण्डारी शुक्रबार मुस्ताङ आउने

बागलुङ – राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा आउने भएकी छन् । राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ आइपुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। “मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक […]

राष्ट्रपति भण्डारी भोलि पोखरा आउने

पोखरा – राष्ट्रपति विद्यादेवी भण्डारी गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि भोलि पोखरा आउने भएकी छन्। तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा आउने भएकी हुन् । तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङकाअनुसार राष्ट्रपति भण्डारीले सो पर्वको उद्घाटन तथा अवलोकन गर्नेछिन्। त्यसअघि बिहान ११ बजे […]

ट्होटें पर्वमा सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आउने

पर्वत : गुरुङ जातिको महत्त्वपूर्ण चाड ट्होटें मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार पोखरा आउने भएकी छिन्।साँस्कृतिक पर्व ट्होटेंको अवसर पारेर तमु धिं नेपालले पोखरामा आयोजना गरेको ट्होटें विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आउने कार्यक्रम तय भएको तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताए। उनका अनुसार राष्ट्रपति भण्डारी आउनु पहिले बिहान ११ बजे चिप्लेढुङ्गा स्थित मानवअधिकार चोकबाट र्‍याली सुरु हुने छ। र्‍यालीले बजार परिक्रमा गर्दै तमु धिँ नेपालको कार्यालयमा पु

राष्ट्रपति आउने भएपछि उत्साहित छ मिथिला क्षेत्र मटिहानी

महोत्तरी, ५ मंसिर । मुलुकको प्राचीन मिथिला क्षेत्रमा पर्ने महोत्तरीको मटिहानी नगर अहिले उत्सवमय देखिँदो छ । आफ्नो ठाउँमा राष्ट्रप्रमुख (राष्ट्रपति) आउने कार्यक्रमले मटिहानीवासीले यसलाई उत्सवका रुप दिएका हुन् । भोलि सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी मटिहानीका धार्मिकस्थल, संस्कृत शिक्षाको पुरानो केन्द्र रहेको ३०३ वर्ष पुरानो पाठशालाको अवलोकनसँगै नवनिर्मित रङ्गशाला समुद्घाटन गर्न आउने कुराले नगरवासीमा उत्साह […]

राष्ट्रपति भण्डारी आज मनाङ आउने

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउने भएकी छन्। अवलोकन भ्रमणका लागि उनी मनाङ आउन लागेकी हुन्। प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत् मनाङ आइपुग्ने जानकारी दिए।

राष्ट्रपति भण्डारी आज मनाङ आउने

राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउने भएकी छन् । अवलोकन भ्रमणका लागि उहाँ मनाङ आउन लाग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए।मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने छिन् । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उनले अवलोकन गर्नुहुने प्रजिअ आचार्यले जानकारी दिए । जलव