पैसा बाँड्ने एमाले वडाध्यक्ष उम्मेदवार पक्राउ

जाजरकोट : मौन अवधिमा भोट किन्न पैसा बाँडेको आरोप लागेपछि गएराती सुर्खेत गुर्भाकोट नगरपालिका ११ का एमालेका वडाध्यक्ष उम्मेदवार राजन बिसीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले भोटका लागि पैसा बाँड्दै गरेको सूचना आएपछि प्रहरीले छापा हान्दा बिसी पक्राउ परेको सुर्खेत प्रहरीले बताएको छ। एक लाख १ हजार रूपैयाँसहितको झोला फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतमा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए। पक्राउ परेको उम्मेदवार बिसीलाई मेहलकुना स्थित प्रहरी चौकीमा राखि अहिले जिल्ला निर्वा