आर्थिक मन्दीको असर : जाडोमा पनि घट्यो एलपी ग्यास आयात

काठमाडौं :विगतमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए पनि यो वर्ष त्यस्तो देखिएको छैन। चालु आर्थिक वर्षको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट देखिएको छ। शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, आयल निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा ५ प्रतिशतले खपत घटेको छ। पछिल्लो समय विद्युतीय चुलो (इण्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले आर्थिक मन्दीका कारण ग