एमालेमा तेस्रो धारलाई पेल्दा एकीकृत समाजवादीलाई फाइदा !

सहमति भएको एक महिना नबित्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्नबाट पछि हटेका छन् । अध्यक्ष ओली सहमतिबाट पछि हटेपछि एमालेभित्रका तेस्रो धारका केही नेताहरू ‘बिलखबन्द’मा पर्ने निश्चित भएको छ ।अध्यक्ष ओलीले पार्टीभित्रको तेस्रो धारलाई जति पेल्दै जान्छन्, त्यति नै माधव नेपालले खोलेको एकीकृत समाजवादी पार्टीको औचित्य पुष्टि हुने विश्लेषण एमालेभित्रैका तेस्रो धारका नेताहरूले गर्न थालेका छन् ।एमालेमा तेस्रो धार भन्नाले माधव नेपाल समूहलाई छाडेर ओलीको पक्षमा आएक