चीनबाट थप १० लाख डोज खोप आउँदै, बिहीबार वाइड बडी बेइजिङ उड्ने

काठमाडौं : सरकारले चीनबाट खरिद गर्न लागेको कोभिडविरुद्धको खोपको केही मात्रा आगामी शुक्रबार नेपाल ल्याइने भएको छ। खोप आयातका लागि नेपाल वायुसेवा निगमको वाइड बडी जहाज बिहीबार बेइजिङ उड्ने निगमले जनाएको छ।निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले सरकारले १० लाख डोज खोप ल्याउने गरी जहाजको तयारी गर्न निर्देशन दिएको जानकारी दिए।‘पहिलो चरणअन्तर्गत १० लाख डोज खोप लिन निगमको जहाज आउँदो बिहीबार बेलुका ११ बजे गएर शुक्रबार आइपुग्छ’, पौडेलले भने, ‘चीनबाट कल ३० लाख डोज खोप ल्याइनेछ।&rsq

सम्बन्धित सामग्री

थप खोप ल्याउन निगमको वाइड बडी जहाज पेचिङ जादैं

असार १९, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी पेचिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ ।  सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते (जुलाई ८ तारिख) वाइड बडी ए३३० जहाज पठाउने तयारी गरिएको नेपाल वायुसेवा निगमले जानकारी दिएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडलले चीनबाट खोप ल्याउनका लागि वाइड बडी जहाज पेचिङ पठाउने तयारी गरिएको बताए । खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौं फर्किनेछ ।  महाप्रबन्धक पौडेलले भने, ‘चीनबाट खोप ल्याउन निगमलाई सरकारको निर्देशन भएबमोजिम तयारी गरिएको छ, खोपको मात्रा तथा उक्त खोप अनुदानको हो या खरीदको भन्ने अहिले खुलिसकेको छैन हामीले आफ्नो तयारी थालिसकेका छौँ ।’ बुझिएअनुसार पहिलो उडानमा १० लाख मात्रा खोप ल्याउने गरी तयारीमा रहन निगमलाई निर्देशन दिइएको छ । रासस