भक्तपुरको दधिकोटमा महिलामाथि एसिड आक्रमण, श्रीमान पक्राउ

भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोटमा श्रीमानले श्रीमतीलाई एसिड प्रहार गरेका छन् । नाम नखुलेको केमिकल प्रहारबाट ६० वर्षीया महिला घाइते भएकी महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । घाइतेको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । एसिड प्रहार गर्ने ६५ वर्षीय पीडित महिलाका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीलाई नियन्त्रणमा लिइएको डिएसपी पाण्डेले बताए । साँझ पौने ७ बजेतिर पूजालाई एसिड प्रहार गरिएको थियो । एसिड आक्रमणबाट उनको टाउको र