जीतपुरसिमरा उपमहानगरको नगरसभा स्थगित

बारा : जीतपुरसिमरा उपमहानगरपालिकाको छैटौँ नगरसभा स्थगित भएको छ। बहुमत सदस्यले उपस्थितिमा हस्ताक्षर समेत नगरेपछि नगरप्रमुख राजन पौडेलले नगरसभा स्थगित भएको जानकारी गराएका थिए।शुक्रबार बिहान साढे ११ बजेका लागि तय भएको नगरसभा सञ्चालनका लागि वडा नं. ५ बकुलिया उच्च माध्यमिक विद्यालयमा आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको थियो। एमाले पक्षधर सदस्यहरू ढिलो गरी आएपछि नगरसभा शुरु गर्नै लाग्दा विवाद शुरु भयो। आवश्यक गृहकार्य नगरी हतारमा कागजी रूपमा नगरसभा गर्न नमिल्ने भन्दै विरोध कार्यपालिका सदस्यहरूले जनाएका