पैसा नभएको चेक दिने एक जना पक्राउ , १५ दिन कैद र ५१ लाख जरिवाना हुने

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका-७ बस्ने नुवाकोट लिखु गाउँपालिका-४ घर भएका ३७ वर्षीय विनोद थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट २०७८ मंसिर ७ गतेको फैसलाले १५ दिन कैद र ५१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं फुटुङबाट पक्राउ गरेको हो । विनोदले आफ्नो खातामा प्रर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी बैंक अफ काठमाडौं लिमिटेड, शाखा कार्यालय गोंगबुमा निजको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।