कर्णाली प्रदेशका आफ्ना ४ जना सांसदलाई एमालेले गरेको कारबाही सर्वोच्च अदालतबाट सदर भएसँगै प्रदेशमा राजनीतिक सरगर्मी बढेको छ । एमालेका चार सांसदमाथिको कारबाही सदर भए पनि प्रदेशसभामा प्रदेश सरकारको पक्षमा प्रस्ट बहुमत रहेकाले सरकारको स्थायित्वमा तत्काल कुनै समस्या देखिएको छैन । तर कारबाहीमा परेका एमाले सांसदले तत्काल आफूहरू सरकारबाट फिर्ता नहुने बताएका छन् ।गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएका एमालेका चारजना स