पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्राधिकरण आफैँले गर्छ : महानिर्देशक अधिकारी

रुपन्देही – नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमास्थलको ग्राउन्ड ह्यान्डलिङ प्राधिकरण आफैँले गर्ने बताउनुभएको छ ।  हिजाे बिहीवार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा भैरहवा–क्वलालम्पुर उडानको उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको काम प्राधिकरणले गर्ने बताउनुभएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ अरू कसैलाई दिने अवस्थामा प्राधिकरण नभएको उहाँकाे भनाइ छ ...

सम्बन्धित सामग्री