हेटौंडाको मेयर र उप मेयरले पदभार ग्रहणपछि ५ वटा निर्णय गरेका छन् । हेटौंडाकी मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले पदभार ग्रहण गरेलगत्तै नगरभित्र बसोबास गर्ने अति विपन्न घरपरिवारमध्ये हाल १५ सय ४१ परिवारलाई निःशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरेका हुन् । त्यसैगरी विपन्न गरिव घर परिवारलाई १५ हजार लिटर पानी र २५ युनिट विद्युत निःशुल्क उपलव्ध गराउने निर्णय समेत गरेका छन् । आर्थिक अवस्थाको कारणले शिक्षा हासिल गर्नबाट बन्चित विद्यार्थीलाई प्रोत्साहन र सहुलियत दिन मेयर छात्रवृत्ति कार्