जंगली च्याउ खाँदा म्याग्दे गाउँपालिका-३ धयरेमा एक महिलाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी भएकी ४७ वर्षीया सुनिमाया थापाको उपचारका क्रममा मृत्यु मृत्यु भएको प्रहरीले जनाएको छ ।गत चैत १८ गते जंगलमा च्याउ खोज्न गइ घरमा ल्याएर खानासँग तरकारीको रुपमा खाँदा बिरामी भएकी उनको उपचारका लागि चैत्र २० गते दमौली ल्याइएको थियो ।बिरामीमध्ये सुनिमायाको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि चैत २३ गते नयाँ मेडिकल कलेज चितवन लगिएको थियो । त्यहाँ उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो । च्याउ खाँदा द