अफगानिस्तानबाट अमेरिका र नेटोका सुरक्षाबलहरू फिर्ता हुँदै गर्दा तालिबानले बिहीवार काबुल नजिकको गजनीमा कब्जा गरेका छन् ।
काबुलबाट १३० किलोमिटर दक्षिणपश्चिममा रहेको गजनीमा तालिबानले आफ्नो झण्डा फर्फराएका छन् । शहरबाहिर रहेको एक सैन्य प्रतिष्ठान र गोप्य स्थानमा हल्काफुल्का लडाइँ अहिले पनि चलिरहेको दुई स्थानीय अधिकारीले बताएका छन् ।
देशका विभिन्न भागबाट विस्थापित भएका मानिस काबुल आएका छन् । उनीहरू खुला स्थान र बगैैंचाहरूमा बसिरहेका छन् ।
यसैबीच अफगानिस्तानको ठूलो शहर लश्कर गाहमा लडाइँ चर्किएको छ । हेल्मान्...