मकवानपुरका झण्डै ६ हजार भूकम्प पीडितले पाएनन् दोस्रो र तेस्रो किस्ताको अनुदान रकम

मकवानपुर - मकवानपुरमा भूकम्पमा घर क्षति भएका झण्डै ६ हजार जना भूकम्प पीडितले दोस्रो र तेस्रो किस्ताको रकम पाउन सकेका छैनन् । भूकम्पपछि आफ्नो घर निर्माण गरे पनि सरकारले दिने भनेको अनुदान रकम पाउन नसक्दा समस्या भएको भूकम्प पीडितको गुनासो छ । मकवानपुरका दश वटै पालिकामा गरी झण्डै ६ हजारले अनुदानको रकम पाउन नसकेका हुन् । चालु आर्थिक वर्षको साउन महिनादेखि अहिलेसम्म भूकम्प पीडितलाई रकम निकासा नहुँदा समस्या भएको हो । भूकम्प पीडितले ऋण गरेर घर निर्माण गरेको तर दोस्रो र तेस्रो किस्ताको रकम प्राप्त गर्न नसक्दा समस्या भएको भीमफे...

सम्बन्धित सामग्री

डेढ महिनादेखि त्रिपालमा छन् पीडित, अझै पाएनन् आवास निर्माणको अनुदान

५ पुस, सुर्खेत । सरकारले अस्थायी टहरा निर्माणमा ढिलाइ गर्दा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडित थप समस्यामा परेका छन् । १७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट घरबारविहीन भएका पीडितहरु पाल टाँगेर बसेका छन् । तर चिसोका कारण उनीहरुको दैनिकी कष्टकर बनेको छ । चिसोकै कारण केहीले ज्यान गुमाएका छन् । ‘डेढ महिनादेखि […]

नलगाड र जुनीचाँदेका भूकम्पपीडितले पाएनन् अनुदान

जाजरकोट जिल्लाका नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाका भूकम्प पीडितले अनुदान रकम पाउन सकेका छैनन् । रकम अभावका कारण लाभग्राहीलाई अनुदान रकम दिन नसकिएको गाउँपालिकाले बताएको छ । रकम लिइसकेका पालिकाको ढिलासुस्तीका कारण उनीहरूका खातामा पैसा जम्मा भएर बसेकाले समस्या भएको नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले बताउनुभयो । अस्थायी आवासका लागि आवश्यक पर्ने थप रू ५० …

भक्तपुरका भूकम्प पीडितले पाउनुपर्ने अनुदानको किस्ता पाएनन् : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भक्तपुरका भूकम्प पीडितले पाउनुपर्ने अनुदानको दोस्रो र तेस्रो किस्ता नपाएको बताउनुभयो । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सुवालले भूकम्प पीडितले पाउने अनुदानको किस्ता रोकिएको सम्बन्धमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो – ‘भुकम्प पीडितहरुको अनुदान दिने कार्यक्रम छ । पहिलो किस्ता पाएकालाई दोस्रो र तेस्रो किस्ता […]

भूकम्प पीडितले पाएनन् अनुदान

घर निर्माण सकेको वर्ष दिन पुग्दा पनि रामेछापका भूकम्प पीडितले अझै अनुदानको रकम पाउन सकेका छैनन् । तर वैदेशिक स्रोत फुकुवा नहुँदा जिल्लामा निकासा भएको २० करोड रुपैयाँ भने सरकारी ढुकुटीमै थन्किएको छ ।

भूकम्प पीडितले पाएनन् अनुदान

घर निर्माण सकेको वर्ष दिन पुग्दा पनि रामेछापका भूकम्प पीडितले अझै अनुदानको रकम पाउन सकेका छैनन् । तर वैदेशिक स्रोत फुकुवा नहुँदा जिल्लामा निकासा भएको २० करोड रुपैयाँ भने सरकारी ढुकुटीमै थन्किएको छ ।

सिन्धुपाल्चोकका भूकम्प पीडितले पाएनन् तेस्रो किस्ता

वैशाख २५, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाँउपालिका–११ का सुमन सापकोटाले गएको पुस महीनामै घर निर्माण सम्पन्न गरिसकेका छन् । इटा सिमेन्टको जडाइ गरिएको सो घर निर्माण गर्न उनले ५ लाखभन्दा धेरै रकम खर्च गरे । सो मध्ये इट्टा र सिमेन्टको पैसा उधारो राखेर घर निर्माण गरेका उनले तेस्रो किस्ता नआँउदा सो रकम तिर्न सकेका छैनन् ।  ‘साहुले पैसा चाहियो भनेर दिनकै भन्न थालिसकेका छन्,’ सापकोटाले भने ‘अन्तिम किस्ता बापतको ५० हजार रुपैयाँ आएपछि तिरौंला भनेर कुरिरहेको छु ।’ सापकोटाजस्तै घर निर्माण सकिएको तर अन्तिम किस्ता प्राप्त गर्न नसकेकाहरुको संख्या सिन्धुपाल्चोकमा ४११ रहेको छ । भूकम्प पीडितले पाउनु पर्ने आवास निर्माणको अनुदान किस्ता रकम रोकिँदा उनीहरु मारमा परेका छन् । किस्ता आउला र उधारो तिरौंला भनेर बसेका उनीहरुले अहिलेसम्म किस्ता प्राप्त गर्न नसक्दा समस्यामा परेका हुन् ।  गत फागुन मसान्तमा भुक्तानी दिएपछि चैत १ गतेबाट किस्ता रोकिएको हो । अनुदानको लागि पीडितले निवेदन दिएर सो फाइल अन्तिम भुक्तानीका लागि चेक बन्ने प्रकृयासम्म पुग्न एक महीनाभन्दा बढी समय लाग्छ । यसरी फागुन मसान्तपछि किस्ता रोकिँदा पुसमा आवास निर्माण सकेका लाभग्राहीले समेत अझैसम्म अनुदान बापतको रकम पाउन सकेका छैनन् ।  पुनर्निर्माण प्राधिकारण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा नीजि आवास) सिन्धुपाल्चोकका सूचना अधिकारी रविराज धितालका अनुसार अर्थ मन्त्रालयबाट निकासा रोकिँदा भूकम्प पीडितहरुले रकम पाउन सकेका छैनन् । ‘हामीले सबै प्रकृया सकेर अन्तिम भुक्तानीका लागि फाइल तयार गरेका राखेका छौं,’ धितालले भने ‘तर अर्थ मन्त्रालयबाट बजेट निकासा रकम नआँउदा हामीले भुक्तानी दिन सकेका छैनौं ।’ किस्ता रोकिएपछि हरेक दिन लाभग्राहीले मेरो किस्ता किन रोकियो भनेर फोन गर्ने गरेको र कोही कोही लाभग्राही, जनप्रतिनिधि त कार्यालयमै आएर दबाब दिने गरेको धितालले बताए । उनका अनुसार चैत महीनादेखि अहिलेसम्म दोस्रो किस्ता भुक्तानीका लागि योग्य भएका तर नपाएका लाभग्राहीको संख्या १ हजार ७७ छ । कुल ९१ हजार १२ जना लाभग्राही भएको सिन्धुपाल्चोकमा ९८ हजार ४४० जनाले अनुदान सम्झौता गरी ८९ हजार ४३८ जनाले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लिएका छन् । उनीहरुमध्ये ८६ हजार १७९ ले दोस्रो किस्ता बापतको १ लाख ५० हजार र ७९ हजार ९८७ जनाले तेस्रो किस्ता बापतको ५० हजार गरी अनुदान बापतको पूरै ३ लाख रुपैयाँ बुझिसकेका छन् ।  पहिलो किस्ता लिएका तर घर निर्माण नगरेका १३८ लाभग्राहीले भने सो रकम समेत फिर्ता गरेका छन् । जिल्लाभर आवास निर्माणका लागि कतै सुरक्षित जग्गा नभएका ९२० लाभग्राहीमध्ये ३९४ लाभग्राहीले घडेरी खरीदको लागि बढीमा दुई लाख रुपैयाँसम्म प्राप्त गरेको कार्यालयको तथ्यांक छ । त्यस्तै कतै जग्गा नभएका १७७ लाभग्राही मध्ये ८२ लाभग्राहीले घडेरी खरीदको लागि बढीमा दुई लाख रुपैयाँसम्म प्राप्त गरेका छन् । त्यसैगरि कार्यालय मार्फत १५ ओटा गुम्बा निर्माण काम भइरहेको छ ।   आगामी असार मसान्तबाट पुनर्निर्माण प्राधिकरण अन्तर्गतका सबै कार्यालयहरु खारेज हुँदैछन् । सो कार्यालय खारेज भएपछि पुनर्निर्माणको स्वमित्व कसले लिने भन्ने विषय अझैपनि टुंगो लाग्न सकेको छैन । यो असहज समयमा छिटोछिटो पुनर्निर्माण सक्नुपर्नेमा एकतिर निर्माण सम्पन्न गरिसकेका लाभग्राहीले किस्ता बापतको रकम पाएका छैनन् भने पुनरावेदनमार्फत नयाँ लाभग्राही थपिने क्रम पनि जारी छ । यस्तो अवस्थामा छिटो भन्दा छिटो पुनर्निर्माण सम्पन्न गर्नु पर्नेमा मन्त्रालयबाट निकासा रोकिँदा पुनर्निर्माण नै अन्यौलमा परेको छ । ‘पुनर्निमाण प्राधिकारणले असार मसान्तसम्म पुनर्निर्माण गरिसक्न दबाब दिइरहेको छ’, धितालले भने ‘तर बजेट भने रोकिराखिएको छ ।’ पहिलो किस्ता पाएर आवास निर्माण शुरु गरेका कतिपय लाभग्राहीको दोस्रो किस्ता नपाउँदा आवास निर्माण सम्पन्न हुन नसकेको उनले सुनाए । जसोतसो निर्माण सम्पन्न गरेका लाभग्राही समेत किस्ता रोकिएकै कारण चर्को ब्याजमा ऋण लिन बाध्य छन् ।

सम्झौता गरेर पनि पहिलो किस्ता अझै पाएनन् पीडितले

सीताराम अधिकारी/उज्यालो ।  धादिङ,  फागुन ३० – अनुदान सम्झौता भएको लामो समय भयो । भूकम्प पीडितले पहिलो किस्ताको रकम समेत नपाएपछि घर नि...

जिरीका भूकम्पपीडीतले तेस्रो किस्ता पाएनन्

दोलखा । भूकम्प गएको दुई वर्षभन्दा बढी बितिसक्दा पनि सरकारी अनुदान लिएर एउटा पनि भूकम्पपीडितले जिरीमा स्थायी

अझै पाएनन् जिरीका भूकम्पपीडीतले तेस्रो किस्ता

दीपशंकर चौलागाइँ, दोलखा, १६ भदौ । भूकम्प गएको दुई वर्षभन्दा बढी बितिसक्दा पनि सरकारी अनुदान लिएर एउटा पनि भूकम्पपीडितले जिरीमा स्थायी...

पर्वतका भूकम्पपीडितले पाएनन् आवास अनुदान

फलेवास (पर्वत),  असार २८ गते । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि पर्वतका भूकम्पपीडितले अझै आवास अनुदान पाउन सकेका छैनन् ।  झण्झटिलोे...