सेती खोंचमा विलीन प्रेमको निसानी

पोखरा – ११ बज्नै आटेको थियो, पोखरामा एउटा खबर फैलियो ‘जहाज दुर्घटना भयो।’ खबरसँगै दुर्घटनास्थलबाट आगोको मुस्लो फैलिन थाल्यो। पोखरा महानगरपालिका–७ र १५ जोड्ने मितेरी पुल नजिकै धस्सिएर यती एयरलाइन्सको विमान क्षतविक्षत भएर सेती नदीको खोंचमा खसेको थियो। काठमाडौँबाट १० बजेर ३३ मिनेटमा उडान भरेको यती एयरलाइन्सको एटिआर–७२ एनवाइटी ६९१, ९ एन–एएनसी विमान २२ मिनेटपछि […]

सम्बन्धित सामग्री

विलीन हुँदै बुलौदीखोला, मुहानदेखि निकाससम्मै अतिक्रमण (फोटो फिचर)

पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती र फिर्केसँग अर्को खोला पनि छः बुलौदीखोला । पोखरा–१८ को धारा पानी जङ्गल, पोखरा–५ को ठूलीपोखरी (खुँडेपोखरी)सहित यो क्षेत्रका विभिन्न मूलबाट आएको पानी पोखरा–५ को मनकामना मन्दिरसम्म आई पुग्दा बुलौदीले खोलाको स्वरूप लिएको छ । फिर्के खोलाको खोलाको बहाव क्षेत्र पहिचान गरी त्यहाँको अतिक्रमण हटाउन पोखरा महानगरले ३५ दिने सूचना जारी गरेको छ ।

पुतलीबाजे सेती किनारमा विलीन

पोखरास्थित सेती नदी किनारमा आज एक मानवको भौतिक शरीर विलीन भयो। जन्मले बेलायती कलिन फिलिम स्मिथ भए पनि मन, वचन र कर्मले नेपाली नागरिक पुतलीबाजेको अन्त्येष्टि सेती नदी किनारमा गरिएको हो । विसं २०२२ माघमा पहिलो पटक नेपाल आई यहीँ अध्ययन र बसोबास गरेर नेपालमा नै अन्तिम श्वास फेर्ने इच्छा गर्नुभएका उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रदान गरियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाउनुभएको थियो । नेपालमा बसेर पुतलीको अध्ययन गर्नुभएकाले ‘पुतलीबाजे’ का नामले उहाँ प्रख्यात हुनुभयो । यी सबै योगदानस्वरूप उहाँलाई नेपालको मानार्थ नागरिकता प्रदान गरिएको थियो ।