काठमाण्डाै – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई राष्ट्रिय सभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन रुलिङ गर्नुभएको छ ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरु संघीय संसदप्रति उत्तरदायी हुने संविधानले व्यवस्था गरेको उल्लेख गर्नुभयो । उहाँले सदनमा उपस्थित भइ आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अगाडि बढाउनु र सदनमा उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीको जिम्मेवारी रहेको बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरुलाई राष्ट्रिय सभाको बैठकमा तोकिएको ठि...