भनसुन र भागबण्डाको संस्कृति

भनसुन गर्ने प्रथा कहिले र कहाँबाट प्रारम्भ भएको हो भन्नेबारे कुनै खोज भएको पाइँदैन । तर, यस प्रथाको प्रचलन विश्वभरि नै छ भन्दा अत्युक्ति नहोला । तुलनात्मक दृष्टिले धनी र विकसित मुलुकमा भन्दा गरिब र पिछडिएका देशमा यसको बोलवाला अत्यधिक पाइन्छ । सम्भवतः प्रारम्भमा मानिसले आफ्नो दैनिक आवश्यकता पूर्ति गर्ने सन्दर्भमा भनसुनमार्फत रोजगारी प्राप्त गरेको र क्रमशः यो विषय अन्य क्षेत्रमा समेत विस्तार भएको अनुमान लगाउन सकिन्छ । धनी राष्ट्रमा जनताले आफ्नो क्षमता एवम् योग्यताअनुसार रोजगारी प्राप्त गर्ने र बेरोजगार रहनुपर्दा उसलाई सरकारले दैनिक जीवन सञ्चालनका लागि सामाजिक सुरक्षा भत्ता दिने प्रचलन रहेकाले त्यस्ता मुलुकमा भनसुनको मात्रा केही कम हुनु स्वाभाविकै हो । तर, त्यसको ठीक विपरीत अवस्था गरिब मुलुकमा पाइन्छ । केही अपवादलाई छाडी भनसुन नगरी अविकसित देशमा सर्वसाधारणले रोजगारी प्राप्त गर्न त्यति सहज देखिन्न । भनसुनको प्रचलन सेवा प्राप्त गर्ने विषयसित मात्र सम्बन्धित छैन । यसको सी