काठमाडौं : भारतका रक्षा प्रमुख विपिन रावतको निधनप्रति नेपाली सेनाले शोक व्यक्त गरेको छ। बिहीबार एक विज्ञप्ति नेपाली सेनाले नेपाली सेनाका मानार्थ महारथी जनरलसमेत रहेका रावतसहित उनकी पत्नी र अन्य ११ जनाको हेलिकप्टर दुर्घटनामा भएको मृत्युप्रति शोक व्यक्त गरेको हो।दु:खद घडीमा नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति हिजो साँझै फोन तथा पत्रमार्फत हार्दिक समवेदना व्यक्त गरेको सेनाले जनाएको छ।प्