काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएकाे छ । आज बुधवार प्रतिनिधि सभा बैठकमा बाेल्दै उहाँले राजीनामा दिनुभएकाे हाे ।
बजेट निर्माणको क्रममा करका दर हेरफेर गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर गम्भीर गल्ती गरेको आरोप लागेपछि शर्माले राजीनामा दिनुभएको हो ।
उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो । उहाँले छानबिन समितिलाई सघाउने ...