काठमाण्डाै - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले कोभिड-१९ को दोस्रो लहरको सङ्क्रमण बढेपछि उपचारको व्यवस्थापन गर्न तिनलाई काम गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार मन्त्रालयले अध्ययन बिदामा रहेका र अहिले अध्ययन नभएका अवस्थामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दीअनुसार स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको हाे।
मन्त्रालयले विभिन्न चिकित्सा विधामा अ...