स्टान्डर्ड चार्टर्ड बैंकको साधारणसभा मंसिर २४ गते, प्रतिसेयर १९ रुपैयाँ लाभांश स्वीकृत हुने

३ मंसिर, काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले प्रतिसेयर १९ रुपैयाँ नगद लाभांश पारित गर्नका लागि मंसिर २४ गतेका लागि साधारणसभा बोलाएको छ । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्ने साधारणसभाले नगद लाभांशका अलवा २०७९/८० को संचालक समितिको वाषिर्क प्रतिवेदन, वाषिर्क वित्तीय विवरण लगायत छलफल गरी पारित गर्नेछ । साधारणसभाका लागि कम्पनीले मंसिर ७ गते सेयर दाखिल खारेज […]