स्थानीय तह निर्वाचनमा महानगरपालिकाका मेयर र उपमेयरको टिकट वितरणमा सत्तारुढ दल नेपाली कांग्रेसभित्रको शक्ति सन्तुलनको बहस सतहमा आएको छ । छ महानगरपालिकामध्ये काठमाडौं, ललितपुर र विराटनगरमा मेयर तथा भरतपुर, वीरगञ्ज र पोखरामा उपमेयरका उम्मेदवार चयन गर्न बसेको शीर्ष नेताहरूको बैठकमा नेताहरूबीच शक्ति बाँडफाँटको विषयले विवाद उत्पन्न भएको हो ।