हिउँ खेल्न हेलिकोप्टर यात्रा

पर्यटकीय स्थल जलजलामा हिउँ खेल्न हेलि टुरको नयाँ प्याकेज ल्याइएको छ । फिस्टेल एअरसँगको समन्वयमा पूर्वी रोल्पास्थित सुनछहरी गाउँपालिका–७ जेलबाङको गेमी होमस्टेले उक्त व्यवस्थापन मिलाएको हो । होमस्टेका संयोजक युवा पर्यटन व्यवसायी बालकुमार पुनले रोल्पालाई चिनाउन नयाँ पर्यटकीय योजना ल्याइएको बताए ।